INSEC Online

📅 २०८३ जेष्ठ २१

चुनावी सभामा बालबालिकाको प्रयोग

नेकपा माओवादी केन्द्रले जेठ ३० गते आयोजना गरेको उम्मेदवार घोषणा सभामा निर्वाचन आचारसंहिता तथा बाल अधिकार महासन्धिको उल्लङ्घन गर्दै बालबालिकाहरूलाई सहभागी गराएको छ ।

Photo20170613Dhankuta

उम्मेदवार घोषणा सभा पूर्व आयोजना गरिएको र्‍यालीमा बालबालिकाहरूलाई पार्टीको टिसर्ट र झण्डासहित सहभागी गराइएको थियो । बाल अधिकार महासन्धि अनुसार बालबालिकाको आफ्नै कार्यक्रम बाहेक कसैले पनि बालबालिकाहरूलाई कार्यक्रममा सहभागी गर्न पाइँदैन ।

र्‍यालीमा बालबालिकाहरूलाई प्रयोग गरिएको विषयमा नेकपा माओवादी केन्द्रका कार्यालय सचिव तिलकप्रसाद राईसँग सम्पर्क गर्दा आफूहरूले सहभागीहरूको नागरिकता नै नहेरेता पनि २० वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकाहरूलाई र्‍यालीमा सहभागी नगराइएको प्रतिक्रिया दिए ।

उनले भने-‘हामीले कार्यक्रम सुरू हुनु अगावै सूचना गरेर निर्वाचन आचारसंहिताको पूर्णपालना गर्दै र्‍यालीमा कुनै बालबालिकालाई सहभागी नगराउने र माइकिङ नगर्ने प्रतिबद्धता गरेका थियौं ।’

महिला तथा बालबालिका कार्यालयकी प्रमुख मञ्जु लोहनीले बालबालिकाहरूको आफ्नै कार्यक्रम बाहेक कसैको कार्यक्रममा पनि बालबालिकालाई सहभागी गर्न नपाइने प्रतिक्रिया दिइन् । उनले भनिन्-‘निर्वाचनमा बालबालिकाहरूलाई सहभागी नगराउन हामीले हरेक दललाई पत्राचार नै गरेका छौँ । यति हुदाँहुदै पनि बालबालिकाको कसैले प्रयोग गर्छ भने कानुन अनुसार कारबाही हुनु पर्दछ ।’

सन्तोष रूचाल

अन्य

भिडियो