INSEC Online

📅 २०८३ जेष्ठ २१

राजपा कार्यकर्ताद्वारा मतदान अधिकृतहरूमाथि हातपात

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसमा निर्वाचन शिक्षा अन्तर्गत तालिम लिएर फर्किदैँ गरेका मतदान अधिकृतहरूमाथि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरूले जेठ २९ गते हातपात गर्दै दुर्व्यवहार गरेका छन् ।

मतदान अधिकृतहरूलाई हातपात गरेको आरोपमा प्रहरीले घोषित निर्वाचनविरूद्ध आन्दोलित राजपा निकट युवा सङ्गठनका स्थानीय नेता पन्नालाल पटेललाई घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको उक्त तालिममा ४ सय जना मतदान अधिकृत सहभागी थिए । तालिम लिएर फर्किदैँ गरेका मतदान अधिकृतहरू ४० वर्षीय डा. विश्वेश्वरप्रसाद यादव, २८ वर्षीय शङ्कर श्रेष्ठ, ४५ वर्षीया अञ्जु भट्टराई, ४५ वर्षीय वीरेन्द्र महतो कुसवाहा, ४८ वर्षीय रविन्द्रकुमार देव र ५० वर्षीय हरि पराजुलीमाथि पटेल नेतृत्वको समूहले कलैया अस्पताल नजिक दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पटेल नेतृत्वको समूहले बाँसको भाँटाले कुटपिट गर्दा घाइते भएका मतदान अधिकृत डा. यादवको उपचार कलैया अस्पतालमा गरिएको थियो । हातमा चार ओटा टाँका लगाइएको छ ।

अन्य

भिडियो