INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनमा अनुगमन कडाइ गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न निर्देशन दिएको छ ।

जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । चितवनका अनुगमन समूह प्रमुख मणिभद्र न्यौपानेले आयोगले नभनेको अवस्थामा पनि आफूहरूले कडाइका साथ अनुगमन गरिरहेको बताउनु भयो ।

वैशाख ७ गते राती १२ बजेबाट उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न नपाइने प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले वैशाख ५ गते विज्ञप्ति प्रकाशन गरी मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई गरफ्तार गर्ने व्यवस्था मिलाउन सूचना जारी गरेको छ ।

अन्य

भिडियो