चितवनको क्षेत्र नं २ को संघीय संसदको उपनिर्वाचनको मनोनयन कार्क्रमको अनुगमनका क्रमममा चैत २० गते मुख्य निर्वाचन अधिकृत न्यायधीश वासुदेव नेउपाने तथा जिल्ला निर्वाचन कार्यलयका प्रमुख भीमसेन कार्कीसँसँग इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, मानव अधिकार आयोगका लोकनाथ घिमिरे लगायतले भेटघाट गर्नु भयो।
मुख्य निर्वाचन अधिकृत न्यायाधीश नेउपानेले निर्वाचन तालिका सार्वजनिक गरिसकिएको र सोही अनुसार मनोनयन दर्ता आज २० गते हुने र उम्मेदवारको नामवली आजै प्रकाशित गरिने जानकारी दिनु भयो ।
उहाँका अनुसार उम्मेदवारको नाममा दाबी विरोध र छानबिन पछि चैत २३ गते निर्वाचन चिह्न प्रधान गरि निर्वाचनको लागि औपचारिक प्रचार प्रसारको समय सुरु हुने पनि बताउनु भयो ।
![]()
यसै गरी निर्वाचन आयोगका प्रमुख कार्कीले चितवन क्षेत्र नं २ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता भएको बताउनु भयो। मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि यो क्षेत्रमा ४ सय ८० मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कार्कीले अनुगमन टोलिलाई जानकारी दिनु भयो । चितवन क्षेत्र नं २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० ओटा वडा पर्छन् ।
भरतपुरका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा यो क्षेत्रमा पर्छन् । पालिका अनुसार हेर्दा कालिकामा ३२ हजार २ सय ४१, इच्छाकामनामा १५ हजार ६ सय २० र भरतपुरका १० ओटा वडामा ७६ हजार ८ सय ३४ मतदाता छन् । उपनिर्वाचनमा ४३ ओटा मतदानस्थल र त्यस अन्तर्गत १ सय ३८ ओटा मतदान केन्द्र बनाइएको छ ।
उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा २४ जनाले ०७९ चैत २० गते मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने मध्ये १२ जना दलका र १२ जना स्वतन्त्र उम्मेदवार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, नेपाली कांग्रेसबाट जीत नारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीबाट राम प्रसाद न्यौपाने छन् ।
यस्तै राष्ट्रिय प्रजातान्त्र पार्टीबाट जीव लाल पुरी, नेपाल मजदुर किसान पार्टीबाट ज्ञानेन्द्र प्रजा, मंगोल नेशनल अर्गनाइजेसनबाट टेक बहादुर तमाङ्ग, राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिन, जय जन्मभूमि पार्टी नेपालबाट प्रेम बहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैशी, राष्ट्रिय नागरिक पार्टीबाट योग लाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारी उम्मेदवार छन् ।
स्वतन्त्रबाट उम्मेदवार हुनेहरूमा अम्बिका भट्ट, चक्रपानी न्यौपाने, तारा प्रसाद पौडेल, भास्कर चन्द्र न्यौपाने, मोजराज वागाले, रामकृष्ण ओझा, लक्ष्मी माया कोइराला बुढाथोकी, विक्रम श्रेष्ठ, सन्तोष थापा, सुदर्सन कंडेल, सुमन श्रेष्ठ र सुवास परियार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गत मङ्सिर ४ गते भारि मतान्तर सहित यहीँबाट निर्वाचित भएका थिए । तर, नागरिकता विवादमा अदालतले उनको संसद पद खारेज गरेपछि चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।
आयोगले चैत २१ गते दिउँसो ३ बजेसम्म उम्मेदवारीमाथि दावी विरोध गर्ने समय तोकिएको छ भने, दावी विरोधमाथि चैत २२ गते छानविन गरी २३ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ । 