INSEC Online

📅 २०८३ जेष्ठ २१

सशस्त्र प्रहरीको लाठ्ठी प्रहारबाट वडाअध्यक्ष गम्भीर घाइते

सशस्त्र प्रहरीको लाठ्ठी प्रहाबाट वैशाख ६ गते त्रिपुरासुन्दरी नगरपालिका–३ का वडा अध्यक्ष भक्त बहादुर केसी गम्भीर घाइते हुनु भएको छ ।

ठूलिभेरी नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप प्रतियोगिता अन्तरगत चौथो दिनमा भएको फुटवल खेलमा खेलाडीहरु बीच भएको सामान्य विवादलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले लाठ्ठी प्रहारबाट ४३ वर्षीय वडाअध्यक्ष भक्तबहादुर केसी  घाइते हुनु भएको हो ।

त्रिपुरासुन्दरी नगरपालिका–३ र जगदुल्ला गाउँपालिका–२ बीचको फुटबल खेलमा भएको सामान्य विवादमा सशस्त्र प्रहरी बलका सई फुजिले शेर्पाको कमाण्डमा रहेको सशस्त्र प्रहरीले खेलाडी र दर्शकहरुलाई समेत लखेटी लखेटी लाठ्ठी प्रहार गर्ने क्रममा वडाअध्यक्ष माथि टाउकाेमा चाेट लागेर गम्भीर घाइते भए  अरु थप पाँच जना सामान्य चोटपटक लागेको प्रत्यक्षदर्शी नेपाल पत्रकार महासंघका अध्यक्ष सरोज थापाले बताउनुभयो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरीले शान्तिसुरक्षाको नाममा उदण्डता देखाएकाे प्रत्यक्षदर्शीहरुले बताएका छन । वडाअध्यक्ष सहित केहि खेलाडीहरु समेत घाइते भएपछि समस्या समाधान नभएसम्मको लागि फुटवल खेल स्थगित भएको छ ।

प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्ररेलको कार्यकक्षमा ठुलिभेरीनगरपालिकाका नगरप्रमुख सुवर्ण बुढा ,त्रिपुरासुन्दरी नगरपालिका नगरप्रमुख जनचन्द्र रोकाया , सशस्त्र प्रहरी डीएसपी फुजिले शेर्पा, जिल्ला प्रहरी कार्यालयका डीएसपी केशव बुढाथोकी, सम्वद्ध खेलाडी,नागरिक समाज र संचारकर्मी सहितको उपस्थितीमा घटनाको बास्तविकता पहिचान गरी समस्या समाधानको पहल भइरहेको बैठकमा सहभागी ठुलिभेरीका नगरप्रमुख सुवर्ण बुढाले जानकारी दिनुभयो ।

यो वर्ष मात्र नभई विगतका वर्षहरुमा पनि सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गरी नागरिकलाई कुटपिट गर्ने गरेकाले दिर्घकालीन समस्या समाधानको लागि ठोस निर्णय गर्नु पर्ने स्थानीय खेम बुढाले बताउनुभयो ।

अन्य

भिडियो