INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले देवदह नपा–६ का ४२ वर्षीय घनबहादुर कुँवरलाई वैशाख ३ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत ३० गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडित पक्षको मौखिक जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो