१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ सुन्दरनगरका २२ वर्षीय विमल सुनारलाई वैशाख २ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए ।
पीडित पक्षले दिएको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर इश्वर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएकोे छ ।