१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–५ तेनुहवाका २७ वर्षीय अहमद शेखलाई वैशाख २ गते लुम्बिनीबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए ।
बलात्कार पछि आरोपितले कसैलाई नभन्न धम्की दिएकोले न्यायकालागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई बताए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।