INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरेको आरोपमा पति विरुद्ध न्यायिक समितिमा उजुरी

सिमकोट गाउँपालिका–६ स्थित तिनधारा गाउँकी २४ वर्षीया जाल सुनारले २६ वर्षीय पति सुरेन्द्र सुनार विरुद्द वैशाख २ गते न्यायिक समितिमा उजुरी गर्नुभएको छ ।

आरोपित सुनारले ०७९ चैत २५ गते कुटपिट गरेपछि माइतीको सहारामा बस्दै आएको  कुरा पीडितले बताउनु भयो । उहाँका अनुसार वनमा दाउरा टिपेर घर फर्केर बिहानको खानाको विषयमा विवाद भएपछि पतिले लात्तीले र चिरपाटको दाउराले हान्दा भुँइमा बजारिदा हात दाँया भाँचिएको हो ।

पीडित महिलाको उपचार घरेलु विधी मार्फत स्थानीय स्तरमा भइरहेको र तीन महिनाको सुत्केरी रहेको पीडितले बताउनु भएको छ । उजुरी पश्चात  सिमकोट गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समितिको संयोजक सुशीला रोकायाले दुई पक्ष बसालेर छलफल गर्ने र दोषीलाई कारवाही अगाडी बढाउने बताउनु भएको छ ।

अन्य

भिडियो