१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका–७ का २८ वर्षीय अर्जुन विश्वकर्मालाई वैशाख २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिवश कुँवरले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २ गते गरिएको छ ।