५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्योदय नगरपालिका–४ का ७२ वर्षीय बलबहादुर गिरीलाई चैत २८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले २०७९ फागुन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार कमल चौधरीले बताउनु भयाे ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २७ गते गरिएको छ ।