१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अजिरकोट गाउँपालिका–४ सिरानडाँडाका ४९ वर्षीय डिलबहादुर तामाङलाई चैत २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत २५ गते बलात्कार गरेको भन्दै सोही दिन पीडितका आफन्तले मौखिक र चैत २६ गते लिखित उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २६ गते गोरखा अस्पतालमा गरिएको छ ।
आरोपित विरूद्ध चैत २६ गते जिल्ला अदालत गोरखामा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।