INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ११ गाबुडाँडाका ३७ वर्षीय लिलाबहादुर बस्याललाई चैत २६ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २६ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।

पीडित पक्षको  उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २६ गते पाल्पा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो