INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपा एसका जिल्ला सचिवमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङका जिल्ला सचिव तुलसीपुर उपमनपा–१२ का ४२ वर्षीय डिल्ली डाँगीलाई कुटपिट गरेको आरोपमा प्रहरीले  नेकपा एस निकट युवासंघ समाजवादी दाङका जिल्ला अध्यक्ष २८ वर्षीय जविन रानालाई चैत २६ गते गिरफ्तार गरेको छ ।

तुलसीपुर उपमनपा–५ स्थित पसलमा चिया खाइरहेका बेला आएका जविनले चैत २५ गते एक्कासी कुटपिट गरेको र कुटपिटबाट आँखामा गम्भीर चोट लागेको पीडित डाँगीले बताउनु भयो ।

पीडितको राप्ती आँखा अस्पतालमा चैत २५ गते उपचार गरिएको छ ।

घटनाका विषयमा पीडित पक्षले चैत २५ गते जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

०७९ को स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमनपा उपमेयर पदका आकांक्षी डिल्ली डाँगीलाई पञ्छाउँदै जविनका बुवा समाजवादी दाङका इन्चार्ज जोगबहादुर राना गठबन्धनको तर्फबाट उम्मेदवार बनेर पराजित भएपछि चुनाव हराएको आरोप लगाएर जोगबहादुर राना र डाँगीवीच विवाद भइरहेकोे थियो ।

अन्य

भिडियो