१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका–२ का २१ वर्षीय लक्ष्मण बिकविरूद्ध चैत २४ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन् ।
पीडितलाई अध्ययनको सिलसिलामा तुलसीपुर उपमनपा–१८ मा बस्दै आएका आरोपितले माघ १६ गते बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडित पक्षले उजुरी दिएपछि आरोपित फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २४ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।