१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चैनपुर नगरपालिका–७ का ६९ वर्षीय जङ्गबहादुर लिम्बुलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १२ वर्ष कैद सजायसँगै ४० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी २ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
अदालतको सोही आदेशले कसुरदारलाई पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ जम्मा गर्न आदेश भएको श्रेस्तेदार गौतमले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ कात्तिक ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले कात्तिक २१ गते चैनपुरबाट गिरफ्तार गरी जिल्ला अदालतमा कात्तिक ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको मङ्सिर २९ गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २५ गते गरिएको थियो ।