INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरी फरार रहेका ३० वर्षीय जेठाजु देवेन्द्र महतोलाई इलाका प्रहरी कार्यालय गोलबजारले चैत २१ गते गिरफतार गरेको छ ।
आरोपितले ०७९ साउन ८ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन ९ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ९ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर डुपेन्द्र बहादुर बुढाथोकीका अनुसार फरार रहेका आरोपितलाई गिरफतार गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।

अन्य

भिडियो