INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित न्यायाधीशविरूद्ध पक्राउ पुर्जी जारी

३९ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा बैजनाथ गाउँपालिका– ६ घर भई कपिलवस्तु जिल्ला अदालतमा न्यायाधीश पदमा कार्यरत ४८ वर्षीय भुवन गिरीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुरोधमा जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालतले जनाएको छ ।

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध बलात्कारको आरोपमा ०७९ मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिए पनि प्रहरीले दर्ता नगरी राखेको थियो । प्रहरीले फागुन १५ गते मात्रै बलात्कारको उजुरी दर्ता गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयसँगै पीडितले  राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद्मा समेत निवेदन दिएकी थिइन् ।

पीडितले न्याय परिषद्मा निवेदन दिएपछि न्याय परिषद्ले न्यायाधीश गिरीलाई काठमाडौँ झिकाएको छ ।

न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भए नभएको विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेमबहादुर बस्नेतले प्रतिक्रिया दिन नमिल्ने बताउनु भयो ।

अन्य

भिडियो