१२ वर्षीया बालिकालाई ०७७ माघ २ गते अपहरण गरी बलात्कार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले रौतहट जिल्ला विजयपुर नगरपालिका-१ घर भएका २४ वर्षीय रामचन्द्र भन्ने राधेश्याम मुखियालाई ०७९ चैत २० गते चार वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
त्यस्तै बालिकालाई २५ हजार रुपैयाँ क्षतिपुर्ति र ४० हजार रुपैयाँ जरिवाना भराउने समेत फैसला भएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।
पीडित पक्षले ०७७ माघ १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।
मुखिया सोही दिन भरतपुरबाट गिरफ्तार भएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण माघ १३ गते भरतपुर अस्पतालमा भएको थियो ।
मुखियाविरुद्ध ०७७ फागुन ६ गते अदालतमा मुद्दा दर्ता भएकोमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले फागुन ७ गते पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।