INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पीडितलाई इन्सेकको सहयोग

नौ वर्षीया बलात्कार पीडित बालिकाका अभिभावकलाई कानुनी प्रक्रियामा जानका लागि  इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले चैत २० गते  आर्थिक सहयोग प्रदान गरेको छ ।

डुडुवा गाउँपालिका रहेको ज्याती आमा समूहको सिफारिसमा मानव अधिकार सहयाता कक्षको चैत ७ गतेको बैठकले सहयोग गर्ने निर्णय अनुसार इन्सेकले ८ हजार रूपियाँ सहयोग गरेको हो ।

पीडितलाई फागुन ३० गते डुडुवा गाउँपालिका–३ बाबुपुरूवाका ३३ वर्षीय बजरङ्गबलीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन ३० गते बाबुपुरूवाबाट गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण र उपचार फागुन ३० गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको थियो । पीडितलाई उपचार पछि चैत २ गते डिस्चार्ज गरिएको थियो ।

यसैगरी, १३ वर्षीया बलात्कार पीडित बालिकालाई चैत १७ गते इन्सेक लुम्बिनी प्रदेश कायालय नेपालगञ्जले कानुनी प्रक्रियाका लागि  ८ हजार रूपियाँ आर्थिक सहयोग गरेको छ ।

पीडित पक्षले १३ र १६ वर्षीय दुई जना बालक विरूद्ध फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

अन्य

भिडियो