INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीका ३८ वर्षीय खगेन्द्र सुनारलाई प्रहरीले चैत १९ गते सुर्खेतबाट गिरफ्तार गरेको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर दीपकसिंह बिष्टले जानकारी दिनुभयो ।

चैत ९ गते राति दैलेखको आठबीस नगरपालिका–५ खिड्कीजिउलाको एक होटलमा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी गरेपछि त्यहाँबाट जिल्ला प्रहरी कार्यालय दैलेखमा दर्ताकाे लागि पठाएकाे थियाे ।  उजुरीका आधारमा आरोपितलाई सुर्खेतबाट गिरफ्तार गरी दैलेखमा मुद्दा चलाइएको छ ।

बालिको स्वास्थ्य परीक्षण चैत १२ गते कर्णाली प्रदेश अस्पतालमा गरिएको बताइएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर  बिष्टले जानकारी दिनुभयो ।

अन्य

भिडियो