१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बलरा नगरपालिका–३ जब्दी का २८ वर्षीय सखिन्द्र प्रसाद अधिकारीलाई चैत १९ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन १२ गते उजुरी दिनुभएको थियो ।
पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई चैत १९ गते गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कैलाश राईले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १४ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।