१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिन्धुली जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले गोलञ्जोर गाउँपालिका-७ बस्ने ३६ वर्षीय बिदुर प्रसाद देवकोटालाई ०७९ चैत १९ गते १४ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलाशले देवकोटालाई १४ वर्ष कैद सजायका र ५० हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला भएको अदालतका श्रेष्तेदार भरत दाहालले बताउनु भयो ।
देवकोटाले बालिकालाई ०७६ माघ १७ गते ललाई फकाई, डर देखाई र धम्की दिइ बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ०७७ साउन ५ गते उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण साउन ५ गते सिन्धुली अस्पतालमा भएको थियो ।
देवकोटा सोही दिन गिरफ्तार भएका थिए ।
प्रहरीले जिल्ला अदालतमा ०७७ साउन २८ गते अभियोग पत्र दायर गरेकोमा जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलाशले कात्तिक २८ गते पूर्पक्षका लागि सिन्धुली कारागारमा पठाउने आदेश दिएको थियो ।