INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिनिधि सभा नियमावली पारित, १० ओटा समिति क्रियाशील रहने

प्रतिनिधि सभाको चैत १९ गतेको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ बहुमतले पारित गरेको छ ।

मङ्सिर ४ गतेको निर्वाचनपछि प्रतिनिधि सभाको नियमावली पारित नभएका कारण संसदीय समितिहरू बन्न नसकेकेपछि कामकाज प्रभावित हुँदै आएको थियो ।

संसदीय समिति नहुँदा प्रतिनिधि सभामा दर्ता भएका विधेयकमाथिको छलफलको काममा समेत बाधा पुगेको थियो ।

प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न विषयगत समितिको नाम र कार्यक्षेत्र अघिल्लो नियमावलीमा भन्दा केही परिमार्जन गरिएको संसद सचिवालयले जनाएको छ ।

अघिल्लो प्रतिनिधि सभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई उद्योग, श्रम तथा वाणिज्य समिति बन्ने छ । सो समितिबाट ‘उपभोक्ता हित’ हटाई उपभोक्ता अधिकारको विषयलाई मानव अधिकार र कानुन समिति अन्तर्गत राखिएको छ ।

अघिल्लो पटकको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र यसअघिको महिला तथा सामाजिक समितिको नाम फेरेर महिला तथा सामाजिक मामिला समिति बनाइएको छ ।

यस्तै यसअघि रहेको विकास तथा प्रविधि समितिको नामको अगाडि पूर्वाधार थप गरेर पूर्वाधार विकास तथा प्रविधि समिति नाम दिइएको छ ।

 प्रतिनिधिसभाबाट पारित नियमावलीले समेटेका समितिहरू

  1. अर्थ समिति
  2. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
  3. उद्योग, श्रम तथा वाणिज्य समिति
  4. कानुन, न्याय तथा मानव अधिकार समिति
  5. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
  6. महिला तथा सामाजिक मामिला समिति
  7. राज्यव्यवस्था तथा सुशासन समिति
  8. पूर्वाधार विकास तथा प्रविधि समिति
  9. शिक्षा तथा स्वास्थ्य समिति
  10. सार्वजनिक लेखा समिति

अन्य

भिडियो