११ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले चैत १६ गते जुम्ला जिल्ला हिमा गाउँपालिका–१ घर भई नेपालगञ्ज उपमनपा–१८ बस्ने २७ वर्षीय अंखबहादुर शाहीलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश देवकुमार गिरीको इजलासले कैदको साथै ५ हजार रूपियाँ जरिवाना र २० हजार ५ सय रूपियाँ क्षतिपूर्ति पीडितलाई भराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार तीर्थराज भट्टले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ जेठ ९ गते यौन दुर्व्यहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई जेठ १० गते गिरफ्तार गरी सरकारी वकिल कार्यालय मार्फत असार २ गते जिल्ला अदालतमा यौन दुर्व्यवहार अभियोगमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १० गते भेरी अस्पतालमा भएको थियो ।