६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १४ गते ३५ वर्षीय आफन्तलाई काठमाण्डौबाट गिरफ्तार गरेको छ ।
पीडित पक्षले बाल हेल्पलाइन चन्द्रागिरीको सहयोगमा चैत १३ गते महाराजगञ्ज प्रहरी कार्यालय काठमाण्डौमा उजुरी दिइएका थिए ।
पीडितलाई आरोपितले चैत ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते जिल्ला प्रहरी कार्यालयमा दिएका छन् ।
आरोपितले बलात्कार पछि मोटरसाइकलमा राखेर लैजादा बालिका मोटरसाइकलबाट खसेर घाइते हुनुको साथै सम्वेदनशील अङ्गबाट रक्तश्राव भए पछि चैत ४ गतेदेखि काठमाण्डौस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको पीडितकी आमाले बताउनु भयो ।
अस्पतालका चिकित्सकलाई पीडित बालिकाले परामर्शक्रममा आफूमाथि भएको घटनाका विषयमा बताउनु भएको थियो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले बताउनुभयो ।