अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा चैत १६ गते मधेस प्रदेशस्तरीय महिला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।

अधिवक्ता रेखा झा (धनुषा) को संयोजकत्वमा २१ सदस्यीय महिला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । गठित सञ्जालको सदस्यहरूमा दिपिका कार्की, राना समिम, प्रदिप कुमार यादव र अनिता यादव (धनुषा), रेखा झा र विणा सिंह (महोत्तरी), रम्भा झा, लक्ष्मी पासवान र देव कुमारी यादव (सिरहा), मञ्जु सुवेदी र निभा सिंह (बारा), सुधा यादव र निला राम (पर्सा), अनिता देवकोटा र नानी मैया कटुवाल (सप्तरी), गंगा अधिकारी र अनिता चौधरी (सिरहा) र रौतहटबाट माण्डवी संस्थाका प्रतिनिधित्व हुने गरि २१ सदस्यीय सञ्जाल गठन गरिएको छ ।
महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालका अध्यक्ष श्याम कुमारी साह र ओरेक नेपालबाट विकास बन्जाराले सञ्जाल गठनको औचित्य र उद्देश्य बारे स्पष्ट गर्नुभएको थियो ।
सञ्जालले दुई दिने कार्यशालाबाट सात बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेको छ । घोषणा पत्र मधेसी आयोगका अध्यक्ष डा. विजय दत्तलाई चैत १६ गते सञ्जालका अध्यक्ष रेखा झालगायतको अभियानीहरूले हस्तान्तरण गर्दै महिला मानव अधिकारको रक्षार्थ राज्य पक्ष तथा सरोकारवाला पक्ष गम्भिर हुनुपर्नेमा जोड दिइएको छ ।

