INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत कुनै क्रियाकलाप नगर्न आयोगको निर्देशन

दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता विपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा जेठ २७ गते बसेको निर्वाचन आचारसंहिता समितिको बैठकले निर्वाचन चिन्ह अङ्कित टिसर्ट, टोपी, झोलालगायतका जिन्सी समान मतदातालाई वितरण नगर्नरनगराउन निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतरनिर्वाचन अधिकृतरप्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन गर्ने अधिकारीलाई तत्सम्बन्धमा अनुगमन गरी त्यस्ता आचारसंहिता विपरीतका कार्य रोक्न पनि आयोगले निर्देशन दिएको छ ।

दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहको निर्वाचन आगामी असार १४ गते बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

दोस्रो चरणको निर्वाचनका लागि धेरैजसो राजनीतिक दलले उम्मेदवार छनोट गरी निर्वाचन प्रचार सुरु गरिसकेका छन् ।

निर्वाचनमा विराटनगर र वीरगन्ज महानगरपालिका, १० उपमहानगरपालिका, १ सय ५६ नगरपालिका र २ सय ९३ गाउँपालिकाका ९० लाख ९७ हजार ५ सय ५७ मतदाताले जनप्रतिनिधि छान्नेछन् ।

निर्वाचनबाट प्रमुख र अध्यक्ष ४ सय ६१ सोही सङ्ख्यामा उपप्रमुख एवम उपाध्यक्ष, ४ हजार ८६ वडा अध्यक्ष, सोही सङ्ख्यामा महिला वडा सदस्य र दलित महिला सदस्य र ८ हजार १ सय ७२ जना वडा सदस्यको चयन हुनेछ । आयोगले ६  हजार ७ सय १८ मतदानस्थल, ११ हजार ९ सय ३१ मतदान केन्द्र कायम गरेको छ ।

अन्य

भिडियो