१५ वर्षीया बालिकालाई बलात्कार गरेरको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–७ का २४ वर्षीय हरीबहादुर श्रेष्ठलाई चैत १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत १५ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरत थापा क्षेत्रीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १५ गते गरिएको छ ।