७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–६ का ६८ वर्षीय धनकुमार जिमीलाई चैत १२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७९ चैत १० बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ११ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई धनकुटाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मिलन बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा चैत १३ गरिएको छ ।