३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चंखेली गाउँपालिका–३ दार्माका ३० वर्षीय लोकबहादुर शाहीलाई चैत ११ गते गिरफ्तार गरेको छ ।
गत मङसिर ५ गते चंखेली गाउँपालिका–२ को घट्टेखोलामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १० गते उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराइले बताउनु भएको छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित शाहीलाई गाउँबाटै गिरफ्तार गरेको डिएसपी भट्टराइको भनाई छ ।
प्रहरीले घटनालाई चैत ११ गते जिल्ला अदालतमा पठाएको जिल्ला अदातलतले १० दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको डिएसपी भट्टराइले बताउनु भयो ।
पीडितको स्वास्थ्य परिक्षण चैत ११ गते जिल्ला अस्पताल हुम्लामा गरिएको डाक्टर कैलाश लामाले बताउनु भएको छ ।