INSEC Online

📅 २०८३ जेष्ठ २१

बालमन्दिर तथा पुरातात्विक सभाहल पुनर्निर्माण हुन सकेन

०७२ सालको विनाशकारी भूकम्पका कारण भत्केको रसुवा सदरमुकाम धुन्चेमा रहेको बालमन्दिर तथा पुरातात्विक सभाहल पुननिर्माण नहुँदा जीर्ण अवस्थामा छ ।

जिल्ला भरका असहाय बालबालिका पढ्दै आएको ०४२ सालमा निर्मित बालमन्दिर भूकम्पपछि जीर्ण भएकोले बालबालिका राख्न पनि छाडिएको छ । तत्ककालिन राजादेखि धेरै सार्वजनिक कार्यक्रमहरू हुने गरेको पञ्चायत कालमा निर्माण भएको सभाहल निर्माण हुन नसकेको युवा समाजसेवी तथा रेडियो रसुवाका अध्यक्ष दिपक लामाले बताउनु भयो ।

नेतृत्वमा रहनेहरूले प्राथमिकता नदिएकोले जीर्णोद्धार हुन नसकेको लामाले भन्नुभयो । नेताहरू निर्वाचन जितेपछि तलको काममा ध्यान नदिएकोले यस्तो नियती भोग्नु परेको उहाँले भन्नुभयो ।

WhatsApp Image 2023-03-28 at 7.21.09 AM

भूकम्पले चिरा परेपछि प्रयोग विहिन बनेको पुरातात्विक महत्वको सभाहल स्रोत अभावले मर्मत हुन नसकेको र विगतमा पठनपाठन गर्ने बालबालिकाहरूले पढ्न नपाएको स्थानीय सुननुर्प तामाङले बताउनु भयो ।

तत्कालिन जिल्ला शिक्षा कार्यालयको सहयोगमा ०६८ सालदेखि आपाङ्ग पुनस्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न स्थानका ३२ जना बालबालिकालाई विशेष शिक्षा दिन विशेष शिक्षा सदन विद्यालय खोलिएको शिक्षक विष्णुप्रसाद आचार्यले बताउनु भयो । भवन जीर्ण भएपछि त्यहाँ पढ्ने सबै बालबालिका आ-आफ्नो घर फर्केको उहाँले भन्नुभयो । अपाङ्गता भएका बालबालिकाहरूका लागि विशेष आवासिय रुपमा पढाउने व्यवस्था थियो तर अहिले सबै शिक्षा अधिकारबाट वञ्चित भएको शिक्षक आचार्यले भन्नुभयो ।

WhatsApp Image 2023-03-28 at 7.21.14 AM

त्यसै गरी जिल्लामा रहेको पुरातात्विक महत्वको धुन्चे सभाहल पनि भूकम्प पछाडि जीर्ण छ । गाउँमा सामाजिक रितिरिवाज, संस्कृति सभा समारोह चलाउने धुन्चेको सभाहल पनि ०७२ सालको विनाशकारी भूकम्पका कारण ध्वस्त भएको हो । तत्कालिन राजा आउँदा वा स्वागत सत्कार गर्ने गरिएको यो सभाहल अहिले जीर्णोद्धारको पर्खाइमा छ ।

परम्परागत कलात्मक शैलीको यो भवन ०३५ सालमा निर्माण भएको हो । त्यहाँ रहेको गजुर र कलात्मक बुट्टाहरू पाटनबाट झिकाइएका मुर्तिकारहरूले निर्माण गरेका थिए । यस्तो साँस्कृतिक धरोहरको संरक्षण गर्न ढिलाइ गर्न नहुने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । ‘यस्ता साँस्कृतिक महत्वका संरचना तथा गुम्बा, मन्दिर पुनर्निर्माण चाँडै हुनुपर्छ’ उहाँले भन्नुभयो ।

IMG-20230328-WA0046

तीन सय जना अटाउने क्षमताको हलको अघिल्लो भागमा १२ बेड क्षमताको पाहुना कोठा समेत रहेको छ । तत्कालिन राजादेखि सरकारी पाहुनाहरू यहाँ बस्ने गरेको मानव अधिकार संरक्षण मञ्चका जिल्ला अध्यक्ष तथा पत्रकार ज्ञानेन्द्रनाथ न्यौपानेले आफ्नो अनुभव व्यक्त गर्नुभयो ।

भत्केको भग्नावशेष पन्छाउन नसक्दा त्यहाँ पुग्ने मानिस पुरिन सक्ने जोखिम छ, पुनर्निमाणको चासो कसैले नदिएकोले सभा समारोह गर्ने परम्परागत नाचगान तथा संस्कृतिक कार्यक्रम गर्ने ठाउँ अभाव समेत झेल्नु परेको स्थानीय सुननुर्प तामाङले बताउनु भयो । त्यस्तै नेपालकै पहिलो तामाङ संग्रहालय पनि पुनर्निर्माण हुन सके यहाँकोको संस्कृतिको जगेर्ना हुने तामाङ बताउनुहुन्छ ।

IMG-20230328-WA0052

अन्य

भिडियो