INSEC Online

📅 २०८३ जेष्ठ २२

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २२ वर्षीय देवजन सार्की विरुद्ध पीडित पक्षले चैत १० गते प्रहरीमा उजुरी दिनुभएको छ ।

गत कात्तिक ११ गते सर्केगाड गाउँपालिका–१ को तुम्चमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको डिएसपी भिमलाल भट्टराइले बताउनु भएको छ ।

उहाँका अनुसार चैत ११ गते मद्दा  दर्ता गरि सोही दिन घटनालाई जिल्ला अदालत हुम्लामा पठाएको छ । सो घटनालाई चैत १२ गते जिल्ला अदालतले गिरफ्तार पुर्जि जारी गरेको डिएसपी भट्टराइले बताउनु भएको छ ।

आरोपित हालसम्म फरार रहेको र घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण चैत ११ गते जिल्ला अस्पताल हुम्लामा भएको डाक्टर कैलाश लामाले बताउनु भएको छ ।

अन्य

भिडियो