१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २२ वर्षीय देवजन सार्की विरुद्ध पीडित पक्षले चैत १० गते प्रहरीमा उजुरी दिनुभएको छ ।
गत कात्तिक ११ गते सर्केगाड गाउँपालिका–१ को तुम्चमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको डिएसपी भिमलाल भट्टराइले बताउनु भएको छ ।
उहाँका अनुसार चैत ११ गते मद्दा दर्ता गरि सोही दिन घटनालाई जिल्ला अदालत हुम्लामा पठाएको छ । सो घटनालाई चैत १२ गते जिल्ला अदालतले गिरफ्तार पुर्जि जारी गरेको डिएसपी भट्टराइले बताउनु भएको छ ।
आरोपित हालसम्म फरार रहेको र घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण चैत ११ गते जिल्ला अस्पताल हुम्लामा भएको डाक्टर कैलाश लामाले बताउनु भएको छ ।