INSEC Online

📅 २०८३ जेष्ठ २१

एक युवतीको शव फेला, बलात्कारपछि हत्याको आशङ्का

त्रियुगा नगरपालिका १० मुसहरी बस्तिकी २४ वर्षीया शान्ति साह जेठ २६ गते शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । एक हप्ता अघि बेपत्ता भएकी साह त्रिनपा-१० आँखा अस्पताल नजिक मृत अवस्थामा फेला परेकी हुन् ।

बेपत्ता युवतीको खोजी गर्नेक्रममा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नरबहादुर केसीले बताए । शङ्कास्पद अवस्थामा फेला परेकी ती युवतीलाई कसैले हत्या गरेर फालेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले उक्त घटनाको अनुसन्धान प्रकृया अगाडि बढाएको एसपी केसीले बताए । उनले भने-‘घटना शङ्कास्पद छ । त्यसैले हामीले सुक्ष्म ढङ्गले अनुसन्धान सुरु गरेका छौँ ।’

प्रहरीले अनुसन्धानका क्रममा तीन जनालाई गिरफ्तार गरेपनि नाम खुलाएको छैन । अनुसन्धानका लागि उनीहरूलाई गिरफ्तार गरिएकाले नाम गोप्य राखिएको डिएसपी ओमबहादुर रानाले बताए । स्थानीयले भने बलात्कारपछि हत्या भएको अनुमान गरेका छन् ।

घटनाको प्रकृति हेर्दा बलात्कार भएको हुन सक्ने स्थानीयको अनुमान छ । प्रहरीले बलात्कार भएको पुष्टि नगरेपनि अनुसन्धानको एउटा आधार बलात्कारलाई नै बनाएको जनाएको छ । मृतकको शव जिल्ला अस्पतालमा जेठ २६ गते पोष्टमार्टम गरिएको छ ।

अन्य

भिडियो