१३ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मुसिकोटका नगरपालिका –१ का १९ वर्षीय जितेन्द्र विकलाइचैत १० गते १९ वर्ष कैद र ७ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बसन्तराज पौडेलको इजलासले कैदको साथै क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका तहसिलदार रामबहादुर कुवंरले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७९ मङ्सिर २२ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २४ गते प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले मङ्सिर २२ गते आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान पछि ०७९ पुस १७ गते अदालत पेश गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २४ गते गुल्मी अस्पताल तम्घासमा गरिएको थियो ।