२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपपितद्वय अनिल नेपाली र ३० वर्षीय मनोज शाहीले चैत ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत ९ गते उजुरी दिएका थिए ।
उजुरीको आधारमा अनिललाई प्रहरीले गिरफ्तार गरेको र अर्का आरोपित घटना लगतै फरार रहेकोले खोजी भइ रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशिल थापामगरले बताउनु भयो ।
पीडितमको स्वास्थ्य परीक्षण चैत ९ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।