INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोडैता नगरपालिका–१ बहादुरपुरका २३ वर्षीय रविन्द्र महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा चैत ९ गते पीडित बालिकाका बुबाले उजुरी दिनु भएको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितका बुबाले बताउनु भयो ।

घटनापछि आरोपित महतोे भारत तर्फ गएकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका ईन्स्पेक्टर सविन कार्कीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १० गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

अन्य

भिडियो