१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गीलाई गिरफ्तार गरेको छ ।
पीडितलाई बालिकालाई आरोपितले ०७९ चैत २ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि चैत ५ गते धनकुटाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मिलन बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा चैत ५ गते गरिएको छ ।