दमक नपा-२ की नौ वर्षीया बालिका गङ्गा दहालको विभत्स तरिकाले जेठ २४ गते साँझ घरभित्रै हत्या भएको छ ।
स्थानीयका अनुसार साँझ बालिका विद्यालयबाट घर फर्केकी थिइन् । सो समयमा बालिकाका बाबु काम विशेषले घर बाहिर गएका र आमा बजार गएकी हुँदा बालिका दिदीसँग घरमै रहेकी थिइन् ।
बालिकाकी आमा साँझ अबेला बजारबाट घरमा फकिर्ँदा छोरीलाई घरभित्रै रक्ताम्य अवस्थामा देखेपछि होहल्ला भएको थियो । सोही क्रममा स्थानीयले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी राजन लिम्वूले बालिकाको टाउको, कञ्चट र शरीरका अन्य भागमा धारिलो हतियारले काटेर घट्नास्थल मै हत्या गरेको बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको र चाँडै आरोपितको पहिचान गरी गिरफ्तार गरिने बताए ।
मृतक बालिकाको शवको पोष्टमार्टम मोरङको मङ्गलवारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सोही दिन गरिएको प्रहरीले जनायो ।