INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

कल्याणपुर नगरपालिका–९ का हिंसाबाट पीडित ३४ वर्षीया मुन्नी किन्नर भन्ने सुरेन्द्र कुमार यादवलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय जनकपुरले चैत २ गते आर्थिक सहयोग गरेको छ ।

pic 1 (2)

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान र निल हिरा समाजका प्रदेश संयोजक प्रदिप यादवले पीडित मुन्नीलाई ६ हजार रुपियाँ सहयोग गरेका छन् ।

पीडितहरू सुरेन्द्र कुमार यादव र धनुषा जिल्ला हंसपुर नगरपालिका–३ का ५० वर्षीय चन्दा भन्ने चन्देश्वर राउतलाई बच्चा चोरेको आरोपमा विष्णुपुर गाउपालिका–५ का ३२ वर्षीय मदनकुमार महतोले ०७९ भदौ २५ गते गालि बेइज्जती तथा कुटपिट गरेको थियो ।

पीडित मुन्नीका अनुसार “हामीहरू दिदीलाई भेटी घर फर्किन गाडी कुरेर बसेका थियौ, हामी यौनीक तथा अल्पसंख्यक भएकाले सारी लगाएका थियौ र त्यसै क्रममा आरोपित महतो एक्कासी आई बच्चा चोरको हल्ला गरी, अपशब्द बोली कुटपिट गर्न थालेको र उनलाई समर्थन गर्दै अन्य व्यत्तिहरूको भिडले पनि हामीलाई कुटपिट गर्‍यो ” । कुटपिटबाट घाइते भएका पीडितहरूको प्रादेशिक अस्पताल सिरहामा उपचार भएको थियो ।

पीडितहरूले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २८ गते उजुरी दिनुभएको थियो । तर उहाँहरूको मौखिक उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपितलाई भदौ २७ गते गिरफ्तार गरेको थियो र लिखित उजुरी आए पछि भदौ २८ गते कारबाहीको लागि अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थप गराएको थियो ।

जिल्ला प्रशासन कार्यालयको आदेशमा आरोपित असोज १३ गते ४२ हजार ७ सय धरौटीमा रिहा भएका थिए ।

 

अन्य

भिडियो