INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालको मुलद्वारमा तालाबन्दी, स्वास्थ्य सेवा प्रभावित  

उपचारका क्रममा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएको विषयलाई लिएर पीडितका आफन्तहरूले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको मुलद्वारमा तालाबन्दी गरेका छन् ।

Photo20170608Kaski

डाक्टरको लापरबाहीका कारण धादिङ त्रिपुरा गाँउपालिका घर भई पोखरा-लेखनाथ मनपा-९ नयाँबजार बस्दै आएकी ४३ वर्षीया शान्ता भण्डारी र उनको नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले घटनाका दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै जेठ २५ गते तालाबन्दी गर्नुका साथै नाराबाजी समेत गरेका थिए ।

Photo20170608Kaski2

मृतकका पति विष्णु भण्डारीका अनुसार सामान्य अवस्थामा शान्तालाई जेठ २२ गते अस्पतालमा भर्ना गरिएको र २३ गते राति शिशुलाई सामान्य रूपमै जन्म दिएको खबर डाक्टरले दिएका थिए । तर, केही समयपछि आमा र बच्चाको स्वास्थ्य अवस्थाको बारेमा केही जानकारी नदिइ एकैपटक शिशु र सुत्केरी दुवैजनाको मृत्युको खबर सुनाएकोले डाक्टरको लापरबाही भएको हुनसक्ने भण्डारीको आरोप छ ।

विवाद समाधानका लागि जेठ २४ गते पीडित र अस्पताल व्यवस्थापन समितिको बैठक बसे पनि वार्ता बिना निश्कर्षटुङ्गिएको थियो । सो घटनाको छानबिनका लागि जेठ २५ गते जिल्ला प्रशासन कार्यलय, कास्कीले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

Photo20170608Kaski3

पीडित पक्षले मणिपाल अस्पतालमा तालाबन्दी गरेका कारण अन्य बिरामी उपचार सुविधाबाट प्रभावित बनेको वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर किशोर लम्सालले बताए । अस्पताल प्रशासनले भने लापरबाहीका कारण नभई अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको जनाएको छ ।

अन्य

भिडियो