INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–३ नारायणपुरका ३२ वर्षीय रामपुकार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन २८ गते पीडित बालिकाका बुबाले उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितका बुबाले बताए ।

घटनापछि आरोपित यादव भारततर्फ गएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलास राईले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २८ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

अन्य

भिडियो