पलाता गाउँपालिका-६ का ३५ वर्षीय लङ्क बुढाले जुम्ला जिल्लाकी २२ वर्षीया एकु रोकायासँग बहुविवाह गरी भागेको भन्दै लङ्ककी जेठी पत्नी ३२ वर्षीया सूचना बुढाले जिल्ला प्रहरी कार्यालय कालिकोटमा जेठ २५ गते उजुरी दर्ता गराएकी छन् ।
आरोपित बुढाले जेठ १८ गते एकुसँग विवाह गरेको आरोपमा पीडित महिलाले उजुरी दिएको बताएकी छन् । पीडित महिलाको उजुरी आएपछि घटनाका विषयमा अनुसन्धान थालिएपनि दुवै जनजा आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले बताए ।