२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका– १०, मञ्झरीयाका २६ वर्षीय जितेन्द्र चौधरीलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडितले फागुन २४ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
पति वैदेशिक रोजगारीमा रहेको र आफू घरमा एक्लै भएको बेला घटना भएको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २४ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको डाक्टर नुरुल होदाले जानकारी दिनुभयो ।