३५ वर्षीया राधा नेपालीलाई कोदालोले टाउँकोमा हानेर हत्या गरेको आरोपमा जैमिनी नगरपालिका– २ बनौका ४५ वर्षीय पति केशव नेपालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले फागुन १८ गते गिरफ्तार गरेको छ ।
१८ गते बिहान घर नजिकै बारीमा आलु खन्न गएकी राधा नेपालीलाई पति केशवले घरायासी विवादको क्रममा कोदालोले टाउँकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहारबाट घाइते भएकी राधालाई स्थानीयले उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याएका थिए । अस्पतालले दिउसो १ः३५ बजे राधालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
केशवलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेर अनुसन्धान सुरू गरेको छ । मृतक राधाको धौलागिरी अस्पताल बागलुङमा पोष्टमार्टम पछि फागुन १९ गते आफ्न्तलाई शव बुझाइने थापाले बताउनुभयो ।