INSEC Online

📅 २०८३ जेष्ठ २१

त्रिविमा नेविसङ्घका दुई पक्षबीच झडप हुँदा एक जना घाइते

स्वतन्त्र विद्यार्थी युनियनको ०७९ चैत ५ गते हुन गइरहेको चुनावमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठन र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई समूहबीच फागुन १८ गते झडप भएको छ ।

झडपमा परी लमजुङ घर भई काठमाडौँ बस्दै आएका नेपाली कांग्रेसको संस्थापन इतर पक्षका ३९ वर्षीय शिव रिमाल घाइते भएका छन् ।

काठमाडौँमा फागुन १७ गते बसेको नेविसङ्घका संस्थापन इतर पक्षको बैठकले काठमाडौँ उपत्यकाभित्रका ३५ ओटा क्याम्पसमा स्ववियु निर्वाचन प्रयोजनका लागि सङ्गठन दर्ता लगायतका काम गर्न केन्द्रीय प्रतिनिधि खटाएको नेवि सङ्घका नेता राजकुमार उप्रेतीले बताउनु भयो ।

बैठकबाट निर्णय भए अनुसार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा उक्त समूहले प्रवीण कैनीलाई खटाइएको थियो । नेविसङ्घको संस्थापन पक्षले कैनीको समूहलाई विश्वविद्यालयमा प्रवेश गर्न रोक्न खोज्दा दुई पक्षबीच झपड भएको उप्रेतीले बताउनु भयो ।

झडपमा परी घाइते भएका रिमालको टाउकोमा चोट लागेको र बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको बयोधा अस्पतालको डा. रोहित कुमार झाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

Photo_079-11-19_Kathmandu

अन्य

भिडियो