१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका बागलुङको बडिगाड गाउँपालिका– ८ का २० वर्षीय सुनिल सुनारलाई १२ वर्ष कैद सजाय भएको छ ।
न्यायाधीश दिवाकर भट्टको फागुन १७ गतेको अन्तिम आदेशले अभियोग दावी पुग्ने भन्दै सुनारलाई कैदसँगै ४ लाख जरिवाना र २० हजार रुपियाँ क्षतीपूर्ती फैसला गरेको इजलाश अधिकृत गंगाधर सापकोटाले बताउनुभयो ।
०७८ चैत २८ गते बालिकालाई अपहरण गरी बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ वैशाख २५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए ।
आरोपित सुनारलाई प्रहरीले ०७९ वैशाख २४ गते पीडित पक्षको मौखिक उजुरीका आधारमा गिरफ्तार गरेको हो ।आरोपितलाई असार २१ गते जिल्ला अदालत बागलुङमा अपहरण तथा शरिर बन्धक कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।
सुनारलाई असार २२ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा राखिएको थियो ।