INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुन्दरबजार नगरपालिका– ८ का ५१ वर्षीय काले गुरुङलाई फागुन १४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेका भन्दै पीडित पक्षले फागुन १४ गते जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्ध उजुरी दर्ता गराए पछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लमजुङ अस्पताल लमजुङमा फागुन १४ गते भएको थियो ।

आरोपित गुरुङलाई फागुन १५ गते ६ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको इन्स्पेक्टर रेग्मीले बताउनुभयो ।

अन्य

भिडियो