INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मंगला गाउँपालिका– ५ अर्मनका २० वर्षिय राज थापालाई प्रहरीले गिरफ्तार गरेको छ ।

बालिकालाई ०७९ फागुन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन १० गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई घरैबाट फागुन १० गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले बताउनुभयो ।

आरोपितले बालिकालाई गत ०७९ भदौ २१ गते बलात्कार गरेको र पुनः ०७९ फागुन ५ मा पनि यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको ढकालले जानकारी दिनुभयो ।

पीडित बालिकाको बेनी अस्पतालमा ०७९ फागुन १० गते स्वास्थ्य परीक्षण गरिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट शंकर राज लामिछानेले बताउनुभयो ।

अन्य

भिडियो